Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

खुुम्बु क्षेत्रमा हेलिकप्टर सेवा सञ्चालन गर्न सेवा प्रदायक कम्पनीहरुलाई निकुञ्जको अनुमति पत्र

खुुम्बु क्षेत्रमा हेलिकप्टर सेवा सञ्चालन गर्न सेवा प्रदायक कम्पनीहरुलाई निकुञ्जको अनुमति पत्र

  • काठमाडौँ ।सागरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले अनुमति दिएपछि  हेलिकप्टर व्यवसायीहरूले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न पाउने भएका छन्  ।सुरक्षाको प्रत्याभूति नभएसम्म खुम्बु क्षेत्रमा हेलिकप्टर उडान सेवा रोकिएको जनाएपछि निकुञ्जले अनुमति दिएको  पत्र सेवा प्रदायकहरूका नाममा पत्र पठाएको हो ।

    images

    निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने गरी १ जनवरीदेखि रोक लगाउने निर्णय गरेका थिए ।तर, सुरक्षाको कारण देखाउँदै हेलिकप्टर व्यवसायीहरूले सोलुखुम्बुमा अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेका थिए ।व्यवसायीहरूले अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज यसअघिको निर्णयबाट पछि हट्न बाध्य भएको हो ।सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सगरमाथा क्षेत्रका हेलिप्याडमा रातो झन्डा राखिएकोप्रति चासो व्यक्त गरेको थियो ।नियम अनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्दा विपद्, बिरामी उद्धार, पर्यटन प्रवद्र्धनलगायतमा समस्या उत्पन्न भएको भन्दै यसरी अवरोध गर्नेमाथि कानुन अनुसार कडा कारबाही हुने चेतावनी स्थानीय प्रशासनले दिएको थियो ।

    त्यसपछि सोमबारको मितिमा सागरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुम्बुले  हेलिकप्टर उडान अवतरण होभरिङ सम्बन्धको विषयमा लेखिएको पत्र विभिन्न ११ सेवा प्रदायक कम्पनीहरूलाई पठाएको जनाएको हो । हेलिकप्टर सेवा प्रदायक कम्पनीहरू एयर डाईनेष्टि हेलिकप्टर्स सर्भिस, प्रभु हेलिकप्टर्स  सर्भिस, कैलाश हेलिकप्टर्स सर्भिस, अक्षपूर्ण हेलिकप्टर्स सर्भिस,  माउण्टेन हेलिकप्टर्स सर्भिस, अल्टिट्युड एयर , फिस्टेल एयर , श्री एयरलाइन्स् , सिम्रिक एयर सर्भिस र  हेलि एभरेष्ट , मनाइ एयर रहेका छन् ।

    पत्रमा भनिएको छ ‘ विश्वभरीबाट बर्सेनि  हजारौ पर्यटकहरु यस निकुन्जको भ्रमणमा आउने गरेका छन् जसको कारणले आर्थिक रुपमा राष्ट्रिय तथा स्थानीय अर्थतन्त्र तथा रोजगारीमा ठूलो टेवा पुगेको छ। विषेशगरी यस निकुञ्जभित्र रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल, तालतलैया तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकहरुलाई सो स्थानको दृश्यावलोकन गर्न, पर्यटक तथा स्थानीय बिरामीको उद्धार गर्न, विकास निर्माणका सामाग्री, खाद्यसामाग्री तथा अन्य सामाग्री ढुवानी गर्न लगायतका कार्यका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीहरुलाई निकुञ्को वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी निकुञ्जको अनुमति लिएर तथा नियमानुसार तोकिएको राजस्व बुझाई प्रचलित कानून अनुसार सुरक्षित तवरले हेलिकप्टरको उड़ान/अवतरण/होभरिडू गर्न/गराउन हुन सबै हेलिकप्टर कम्पनीहरुलाई अनुरोध गरिन्छ।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij