Logo

Jan 09 2025 | २०८१, पुस २५गते

Jan 09 2025 | २०८१, पुस २५गते

images

राष्ट्र बैंकले ८० अर्ब निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले ८० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बोलकबोलबाट ८० अर्ब बराबरको निक्षेप संकलन गर्न लागेको छ ।राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि निक्षेप संकलन गर्न  सूचना सार्वजनिक गरेको हो ।

सूचना जारी गरी बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले यसअघि संकलन गरेको  २ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप परिपक्व भइसकेको छैन ।

क ,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई यो निक्षेप संकलनमा भाग लिन प्रस्ताव दिन भनिएको छ । सावा र ब्याजको  भुक्तानी माघ ९ हुने जनाउँदै  ८० अर्बका लागि अनलाइन सफ्टवेयरको प्रयोग गरी बुधबार दुई बजेसम्म घटीमा १० करोडले भाग जाने र बढीमा ५ करोडले भाग जाने गरी  कुल रकम प्रस्ताव गर्न आह्वान  गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij