काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार भनिएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।
कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतमा सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी सार्वजनिक गरेका छन् । अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको पनि उनले बताएका छन् ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा पक्राउ पुजी जारी भएपछि उनी फरार हुँदै आएकी थिइन् । यो सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ ।
कोइरालाको बयानपछि थुनछेक बहस हुनेछ र त्यसपछि उनलाई धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश आउने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij