Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जना घाइते

मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जना घाइते

  • रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मध्यपहाडी राजमार्ग अन्तर्गत  पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप बिहीबार बिहान ३ः३० बजे दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही स्थानका जिप चालक २१ वर्षीय जुतेस शेर्पाली, बारा घर भएका १८ वर्षीय सर्पराज देवा र बाराकै १८ वर्षीय चन्द कुमार देवा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी सार्वजनिक गरेका छन् ।  प्रारम्भिक अनुसन्धानमा जिपको टायर फुस्केपछि दुर्घटना भएको बताइएको छ ।

    घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्वमा ल्याइएको थियो । प्रारम्भिक उपचारपछि दुई जनालाई थप उपचारका लागि रुकुम पश्चिमको मुसिकोट खलंगामा रिफर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij