Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर विक्रीमा

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । बिहीवार तीन कम्पनीको संस्थापक शेयर विक्रीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५९ हजार ६० कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक शेयर पुस २५ गतेदेखि माघ ४ गतेसम्म आवेदन दिन सकिने गरी विक्रीमा आएको हो ।

    images

    नागरिक लगानीकोषको शेयरको मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २५३ रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यी शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि जारी गरिसकिएको छ ।

    विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएपछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागिएको हो । नागरिक लगानीकोषका लागि न्यूनतम १० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको लागि न्यूनतम ५ हजार कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको लागि न्यूनतम ५ हजार कित्ता माग गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij