Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

शेयर बजार: नेप्से परिसूचक ढले पनि कारोबार बढ्यो ,कारोबार सवा ७ अर्ब बढी

शेयर बजार: नेप्से परिसूचक ढले पनि कारोबार बढ्यो ,कारोबार सवा ७ अर्ब बढी

  • काठमाडौँ । आज बिहीबार नेप्से परिसूचक १८.१४ बिन्दुले ढलेपनि करोबार रकम सवा ७ अर्ब बढी भएको छ । आज नेप्से परिसूचक २६३५.०९मा अडिएको बेला कुल कारोबार ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५सय ८१ रुपैयाँ ६७ पैसा बराबर भएको छ ।१ करोड ५७ लाख २३ हजार ३ सय ७९ किता शेयरको खरिदबाट सवा ७ अर्ब बढीको कारोबार भएको छ ।

    यो हिजो बुधबारको तुलनामा ९० करोड जतिको वृद्धि भएको छ । बुधबार  नेप्से परिसूचक ६.५३ बिन्दुले बढी २६५३.३८मा पुगेको थियो ।  १ करोड ५५ लाख २ हजार  ७५१ कित्ता शेयरको खरिदबिक्रीबाट कुल कारोबार ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७सय ८४  रुपैया  ११ पैसा बराबर भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij