काठमाडौँ । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८३ दिनपछि हिरासतमुक्त हुने भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश निजित राईको इजलासले रविलाई बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।रविसँगै प्रतिवादी बनाइएका पूर्वडीआइजी छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले गत कात्तिक २ गते रविलाई काठमाडौंबाट पक्राउ गरेको थियो। संसदीय छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का एसपी होविन्द्र बोगटीको नेतृत्वको टोलीले बालाजुमा रहेको रास्वपाको पार्टी कार्यालयबाट रविलाई पक्राउ गरेको थियो। पक्राउपछि उनलाई गाडीमा सीतापाइला धार्के हुँदै पोखरा पु¥याइएको थियो।शनिबार बिदाको दिन भएकाले हिरासतमा राख्ने अनुमति माग्न उनलाई आइतबार बिहान जिल्ला अदालत कास्की लगियो। अदालतले पक्राउ परेको मितिले ६ दिनसम्म हिरासतमा राख्न अनुमति दियो।
गोर्खा मिडियाका सञ्चालक पूर्वडीआइजी छविलाललाई असोज ६ गते नै काठमाडौंबाट पक्राउ गरिएको थियो।प्रहरीले रविसहित पक्राउ परेकाहरुविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि थुनामा राख्न म्याद मागेकोले उनीहरूको हिरासत बसाइ लम्बिएको देखियो ।सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
कास्कीमा अनुसन्धान चलिरहँदा देशका अन्य जिल्लामा पनि रविमाथि अनुसन्धान थालियो। जाहेरीका आधारमा बुटवलस्थित सुप्रिम सहकारीबाट गोर्खा मिडियामा रकम गएको भन्दै रवि र छविलाललाई रुपन्देही लगेर सरकारी वकिल समक्ष बयान गराइएको थियो।रविलाई जहाजमार्फत कात्तिक २७ गते बुटवल पु¥याइएको थियो। केही दिनको बयानपछि उनलाई पोखरा फर्काइयो। यसबीचमा रविलाई हिरासतमा राख्ने म्याद पटक पटक थपियो।
सुरुका दिनमा पोखरामा रविको रिहाइको माग गर्दै प्रदर्शन भए पनि न्यायालयलाई प्रभावमा पार्न खोजेको भनेर चौतर्फी आलोचनापछि प्रदर्शन कमजोर बन्दै गयो।रवि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पनि तानिए। मंसिर १३ गते उनलाई जहाजमार्फत काठमाडौं ल्याइयो। केहीदिन उनी काठमाडौंको हिरासतमा रहे। त्यसपछि चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकमबारे बयानका लागि मंसिर १८ गते भरतपुर लगिएको थियो।
भरतपुरमा रविको पक्षमा उनका समस्थकले ठूलै संख्यामा उपस्थित भएर प्रदर्शन गरे। प्रहरीले रविलाई चितवनबाट रातारात पोखरा लग्यो। रातारात ददडाएको भनेर प्रहरी प्रशासनको चर्को आलोचना भयो।राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई सोधपुछका लागि पत्र काट्यो। तर कुँवर आफूभन्दा तलका अधिकृतलाई पठाएर आफूचाहिं आयोगमा नगएको देखियो ।
यसबीचमा रविमा उच्च रक्तचापको समस्यासमेत देखियो। अदालतले अस्पतालमा राख्न आदेश गरे पनि उनी हिरासतमै बसे।९० दिनको हिरासत म्यादभन्दा अगाडि कास्की प्रहरी राय प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने तरखरमा थियो। सीआइबीबाट डीएसपीसहितको टोलीले पोखरा पुगेर अनुसन्धान गरिरहेको थियो।
त्यसै क्रममा वीरगंजको सानोपाइला सहकारीको रकम अपचलनमा पनि रविमाथि अनुसन्धान सुरु भयो। मंसिर २४ गते त्रिभुवन विमानस्थल हुँदै पर्सा लगेर रविको बयान लिइयो।हिरासत राख्ने अन्तिम समयमा पुस ७ गते जिल्ला अदालत कास्कीमा रविसहित ४४ जनाविरुद्ध पूरक अभियोगपत्र दायर भयो। उनीमाथि सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भयो।
सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको भन्दै पुस ८ गते सभामुख देवराज घिमिरेले संसद नियमावलीको व्यवस्था देखाएर अरु सांसदलाई गरेको व्यवहार विपरीत रविको सांसद पद निलम्बन गरे।रविविरुद्ध जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा छ। जुन मुद्दामा संलग्न दुईजना प्रतिवादी धरौटीमा रिहा भइसकेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij