काठमाडौँ ।नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको चौँथो साधारण सभा सम्पन्न भएको छ ।उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा संघको चौँथो साधारण सभा शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रममा उद्योगी व्यवसायीका अगुवाहरू र संघका सदस्यहरूको सहभागितामा यो साधारण सभा सम्पन्न भएको हो ।कार्यक्रम राजधानीको येल्लो प्यागोडमा आयोजना गरिएको थियो । सहभागीहरूले उद्योगी व्यवसायीका समस्याबारे धारणा राखेका थिए । कार्यक्रममा उपप्रधानमन्त्री सिंहले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार लागेको बताउँदै आफ्नो पक्षबाट भरमग्दुर पहल हुने विश्वास दिलाए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij