Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

चरेस, अफिम र गाँजासहित तीन जना पक्राउ

चरेस, अफिम र गाँजासहित तीन जना पक्राउ

  • हेटौडा । ठूलो परिमाणमा चरेस, अफिम र गाँजासहित तीन जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई गएराति पक्राउ गरिएको जनाएको हो ।भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका न्यु सुवास नगर थाना सदर घर भएका २० वर्षीय मनिस कुमारलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

    images

    डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डबाट लागूऔषधसहित कार र उनीहरूलाई नियन्त्रणमा लिइएको डीएसपी अर्यालले बताए ।हेटौडा हुँदै भारततर्फ लागूऔषध ओसारपसार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिप्रका हेटौडामा जिम्मा लगाएको थियो । उनीहरूलाई आइतबार बिहान सार्वजनिक गरिएको हो ।

    यसैगरी, लागूऔषध गाँजा १ सय १ किलोसहित अर्का एकजना पक्राउ परेका छन् । आज आइतबार बिहान साढे ५ बजे रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले हेटौडा उपमहानगरपालिका–१५ राटोमाटेबाट सो मात्रामा गाँजासहित वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन रारुत कुर्मीलाई पक्राउ गरेको छ ।चितवनबाट वीरगन्ज जाँदै गरेको डिएल १३ सी १५६१ भारतीय नम्बरको कारमा लुकाएर ल्याएको गाँजा बरामद गरेको डिएसपी अर्यालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij