काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने सोमवार पुनः काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमवार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनलाई आइतवार प्रहरी हिरासतमा राखिएको थियो ।
आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो। लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुग्नुभएको थियो। तर, सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आइतबार बहस गर्न नसक्ने भनी इजलासमा उठाएपछि न्यायाधीशले सो आदेश दिनुभएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij