Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

सार्कबारे नेपालमा आएर मान्छे मारेको भए नेपालमा सार्क सम्मेलन हुन्थ्यो भनी भारतको प्रश्न

सार्कबारे नेपालमा आएर मान्छे मारेको भए नेपालमा सार्क सम्मेलन हुन्थ्यो भनी भारतको प्रश्न

  • काठमाडौँ । नेपालमा आएर मान्छे मारेको भए नेपालमा सार्क सम्मेलन हुन्थ्यो भनी भारतले सार्क सम्मेलनको विषयमा प्रश्न तेर्स्याएको छ । यस्तो जानकारी परराष्ट्रमन्त्रीडा. आरजु राणा देउवाले सार्वजनिक गरेकी  हुन् ।परराष्ट्रमन्त्री देउवाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बैठक राख्न आफूले निरन्तर पहल गरिरहेको दाबी गर्दै यस्तो बताएकी हुन् ।

    सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री राणालाई सांसदहरूले सार्कको बैठक राख्नेबारे भइरहेको पहलबारे प्रश्न गरेका थिए ।सांसदहरूले नेपाल सार्कको अधयक्ष भएपनि किन बैठक हुन नसकेको भनेर प्रश्न गरेका थिए ।

    जवाफमा परराष्ट्रमन्त्री राणाले बैठकबारे पहल भइरहेको बताइन् ।  उनले आफ्नो भारत भ्रमणका बेलामा पनि सार्कको बैठकबारे विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेको बैठकमा खुलाइन् ।‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ । सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ,’ समितिको बैठकमा राणाले भनिन्, ‘जयशंकरजीले भन्नुभयो– तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ?’

    जयशंकरको उक्त जवाफपछि आफूले केही भन्न नसकेको उनको भनाइ थियो । ‘त्यसपछि मैले केही भन्न सकेको छैन,’ उनले भनिन् ।परराष्ट्रमन्त्री राणाले नेपालले सार्कलाई चलायन बनाउनका लागि आवश्यक काम गरिरहेको बताउँदै  भनिन्,  ‘नेपालले नजरअन्दाज गरेको होइन । साइडलाइनमा पनि कुरा उठाउन खोजेका थियौं । छौं । तर भइरहेको छैन,’  ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij