Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

सिन्धुलीको सुनकोशी गाउँपालिकामा विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद सम्पन्न

सिन्धुलीको सुनकोशी गाउँपालिकामा विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद सम्पन्न

  • काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकामा विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न १० विद्यालयले सहभागिता जनाएका थिए ।

    images

    sunkoshi1.jpeg

    प्रतियोगिताको प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले उदघाटन गरेका थिए  । प्रतियोगितामा छात्र,छात्रा भलिबल, कबड्डी, १ सय देखि ३ सय मिटर दौड, हाईजम्प, त्रिपलजम्प, सटफुट, ज्याभ्लिङ थ्रो लगाएतका खेलहरू विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएको सुनकोशी गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुने विद्यालयले ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

    sunkoshi2.jpeg

    प्रतियोगिताको समापन गर्दै गाउपालिका अध्यक्ष दिपा दाहाल बोहोराले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता बढाउन गाउपालिकाले स्रोत र साधन जुटाउन सक्दो सहयोग गर्ने र जित हासिल गर्ने विद्यालय र विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै खेलमा कसैको हार नभई जित हो अर्को आउने वर्ष जितेर देखाउन हौसला प्रदान गरिने  बताइन् । उपाध्यक्ष कपिल कुमार कोईराला,  प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, सात वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, विद्यार्थी र शिक्षकहरू सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

    sunkoshi3.jpeg

     यस गाउँपालिकाको नामाकरण  नेपालको प्रसिद्ध ठुलो नदी सप्तकोशीको सहायक नदी सुनकोशीलाई आधार मानी गरिएको छ । पूर्वमा गोलान्जोर गाउँपालिकाको सीमा क्षेत्र, पश्चिममा काभ्रे जिल्लाको रोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्लाको खाडादेवी  गाउँपालिका र दक्षिणमा घ्याँग्लेख गाउपालिका र कमलामाई नगरपालिका सीमा क्षेत्र फैलिएको यस गाउँपालिकाको भौगालिक कुल क्षेत्रफल १५४.६८ वर्ग किमि र वडा संख्या ७ रहेको छ । भौगालिक धरातलीय रुपमा ससाना टार देखि खोला खोल्सी, अग्लो होचो डाँडा काँडा हुँदै  महाभारत शृंखला सम्मको भूभाग रहेको छ । यस गाउँपालिकाको विभिन्न भागबाट खोला नालाहरु भागी सुनकोशी नदीमा समाहित भएका छन । तिनै खोलानालाहरुलाई आधार मानि वडाहरुको प्राय सीमा कायम भएको छ । यहाँको हावापानी नेपालको हिमाल पहाड तराइ जस्तै तिन प्रकारको रहेको पाइन्छ ।

    sunkoshi4.jpeg

    मानवीय रुपमा  यस गाउँपालिकामा ब्राह्मण ,क्षेत्री ,तामांग, मगर, नेवार, विश्वकर्मा, दमाई, सार्की, माझी, हायु, सुनुवार   लगायतका विभिन्न  जातिहरु बसोबास रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८३७५ छ । मानवीय चेतना तथा भौतिक, आर्थिक र पूर्वाधार विकासको दृष्टिकोणबाट यस गाउँपालिका पिछडिएको देखिन्छ । पर्यटकीय हिसाबले कुशेश्वर महादेव मन्दिर, फापर चुली, वि.पी पार्क , सहिद स्मारक, सुनकोशी नदीमा जलयात्रा गर्ने र  विभिन्न मठमन्दिर, गुम्बाले  महत्व बोकेको स्थानको रुपमा रहेको छ।
    दक्षिणतर्फ महाभारत  शृखला र उत्तरतर्फ सुनकोशी नदीको बीचमा अवस्थित यस गाउँपालिका जैविक विविधता र प्राकृतिक स्रोतका हिसाबले महत्वपूर्ण रहेको छ । साना ठूला खोला, खहरेबाट सिञ्चित भइ आएको यो क्षेत्र परापूर्वक कालदेखि नै अन्न र पशुजन्य उत्पादनको प्रचुर सम्भावना बोकेको छ।

    sunkoshi5.jpeg

    परम्परागत कृषिमा निर्भर रहेको यो क्षेत्रमा हाल पशुपालन, तरकारी तथा फलफूलको व्यवसायिक खेती गर्ने प्रचलन बढ्दै गएको छ र सोही अनुरुपमा माग पनि बढ्दै गएको छ । यहाँ उपलब्ध जैविक विविधता र प्राकृतिक श्रोतको अधिकतम उपयोग गरी कृषि व्यवसायीकरण मार्फत तुलनात्मक लाभका बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी स्वरोजगार, रोजगार र कृषि व्यवसायी बनाउने लक्ष्य अनुरुप दीर्घकालीन र अल्पकालीन योजना तर्जुमा तयार गर्ने कार्य भइरहेको छ । यस गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पकेट क्षेत्र र ब्लकका कार्यक्रम सञ्चालन भइरहेको छ ।साथै कृषि जोन कार्यक्रम सञ्चालनमा  रहेको छ । यहाको मुख्य पेशा कृषि नै हो । यस गाउँपालिकामा ४५ वटा सामुदायिक विद्यालय रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij