Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

नेपाल प्रहरीका २५ जना एसपी एसएसपी बढुवामा सिफारिस

नेपाल प्रहरीका २५ जना एसपी एसएसपी बढुवामा सिफारिस

  • काठमाडौं । गृह मन्त्रालयले २५ जना प्रहरी उपरीक्षकहरुलाई(एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

    सोमबार बसेको बढुवा समितिको बैठकले २५ एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो।

    मन्त्रालयले एसपी रमेश थापा, अजय केशी, अनुप शमशेर जबरा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोविन्द  अधिकारी, विनोद सिलवाल, स्यामकुमार महतो, वेद बिष्ट र शिवकुमार श्रेष्ठलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो।
    एसपी प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जी।सी, रन्जु सिद्गेल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु ढकाललाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो।

    badhuwa-1_17mZMmSEuw.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij