Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

ओखलढुङ्गा पत्रकार समाज गठन

ओखलढुङ्गा पत्रकार समाज गठन

  • काठमाडौँ ।ओखलढुङ्गा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएसँगै कानुनी मान्यता प्राप्त गरेको छ। प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।यस समाजको उपाध्यक्षमा गोरखापत्रका डिजिटल प्रमुख र निमित्त कार्यकारी सम्पादक नारदमुनि गौतम, नेपाल टेलिभिजनका समाचार सम्पादक सलोजा दाहाल रहेका छन । 
    यसैगरी महासचिवमा नेपाल समाचारपत्र दैनिकका राजनीतिक ब्युरो प्रमुख जीवन शर्मा,सचिवमा खबरडबली डटकमका समाचार सम्पादक मनोजकुमार भट्टराई, कोषाध्यक्षमा सेभेनस्टार फोर के टेलिभिजनका प्रबन्ध निर्देशक जानुका बराल रहेका छन् । सदस्यहरूमा हिमालय टाइम्स दैनिकका उपसम्पादक विनोद दाहाल, राससका उपसम्पादक कुम्भराज राई, सुभाना मिडियाका सञ्चालकर सम्पादक शिवबहादुर विक मिलन, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुङ्गेल, सुनकोसी सन्देशका प्रधान सम्पादक युवराज पहाडी, आदर्शखबरका अध्यक्ष तथा सञ्चालक टीकादास श्रेष्ठ ,थाहा खबर डटकमका संवाददाता श्याम राई रहेका छन् । 
    यसैगरी समाजको सल्लाहकारमा राससका पूर्व अध्यक्ष तथा हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहाल, प्रेस काउन्सिल नेपालका पूर्व कार्यबहाक अध्यक्ष ,साँघु साप्ताहिकका संस्थापक तथा अतिथि सम्पादक गोपाल बुढाथोकी र नेपाल पत्रकार महासङ्घका निवर्तमान कार्यबाहक अध्यक्ष बाला अधिकारीलाई राखिएको छ।
    ओखलढुङ्गाको पत्रकारिता क्षेत्रको विकास, अग्रज पत्रकारलाई पुरस्कार ,अभिनन्दन , सम्मान र अनुज पत्रकारहरूको श्रीवृद्धिका लागि आवश्यक सहयोग, पत्रकार कल्याणकारी अक्षयकोष स्थापना, विधागत पत्रकारिता पुरस्कार स्थापना , ओखलढुङ्गा जिल्लाबाट काठमाडौँ लगायतका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई एकाकार गरी जिल्लाका विभिन्न एजेन्डामा बहस पैरवी गर्ने, खोजअनुसन्धानका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ समाजको स्थापना गरिएको संस्थाका महासचिव जीवन शर्माले बताए । समाजले आफ्ना उद्देश्यअनुसारका गतिविधिलाई अघि बढाउन ओखलढुङ्गामा स्थायी घर भएका काठमाडौँलगायत अन्यत्रसमेत कर्मथलो बनाएका सम्बन्धित पत्रकारहरूसँग आवश्यक छलफल गर्ने तयारी रहेको समाचारमा उल्लेख गरिएको छ ।
    संस्था स्थापनार्थ भेलामा उपस्थित पत्रकारहरू स्वतः संस्थापक रहने समाजको विधानमा व्यवस्था गरिएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आइ पत्रकारिता पेसामा क्रियाशील पत्रकारहरूको सङ्ख्या करिब सय जनाको हाराहारीमा रहेको समाजले जनाएको छ । पहिलो चरणमा ती पत्रकारहरूको तथ्याङ्क सङ्कलन गरी बृहत्त भेला गर्ने योजना रहेको अध्यक्ष धमलाले बताए।
    उक्त ुओखलढुङ्गा पत्रकार समाजु को विधान स्वीकृत प्रशासकीय अधिकृत उर्मिला अधिकारीले गरेकी हुन् । यस पश्चात् समाजको विधान र प्रमाणपत्र काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले अध्यक्ष धमलालाई हस्तान्तरण गरेका हुन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij