Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

लिवर्टी इनर्जीले  बुधवारदेखि अवितरित ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा

लिवर्टी इनर्जीले  बुधवारदेखि अवितरित ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा

  • काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गते बुधवारदेखि अवितरित ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको छ ।

    कम्पनीले यस अघि ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा विक्री गर्दा वितरण हुन नसकेको यी शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको उल्लेखित कित्ता शेयर भने विक्री हुन नसकेको हो । यी शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले माघ ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    कम्पनीले शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, बीरगंज, जाउलाखेल, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न पेश गर्न सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij