काठमाडौं। लक्ष्मी सन्राइज बैंक प्रायोजक र लक्ष्मी सन्राइज क्यापिटल कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेबल इनर्जी फण्डको ९० प्रतिशत लगानी दिगो ऊर्जा क्षेत्रमा विनियोजन गरिएको जानकारी दिइएको छ । संस्थाको पहिलो वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको हो । नवीकरणीय ऊर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले विभिन्न जलविद्युत् तथा दिगो ऊर्जा क्षेत्रमा लगानी गरेको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त यस कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij