काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।महासंघले पहिले ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको जनाएको छ ।
महासंघले माघ ३ गतेदेखि ७ गतेसम्म प्रधानमन्त्री तथा मन्त्रीहरु, विभिन्न राजनीतिक दलहरुका अध्यक्ष र विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई माग पुरा गर्नका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको हो ।
यसैगरी २०८१ माघ १८ गते माइतीघरमा धर्ना दिने, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र माघ २१ गते राजधानी प्रवेश गर्ने पूर्व पश्चिम नाकाहरु ठप्प पार्ने घोषणा गरेको छ ।
सरकारले यसरी पनि माग पूरा नगरे राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्य रोकेर थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने घोषणा महासंघले गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij