Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

सरकारी कामकाज ढिलासुस्ती हटाउन अध्यादेश ल्याइएको मुख्यसचिवको खुलासा

सरकारी कामकाज ढिलासुस्ती हटाउन अध्यादेश ल्याइएको मुख्यसचिवको खुलासा

  • काठमाडौँ ।अध्यादेश जारी गर्नुपर्ने कारण प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खुलाइएको छ । मुख्य सचिव एकनारायण अर्यालले सरकारले अध्यादेश जारी गर्नुपर्ने कारणबारे प्रस्ट्याएका हुन् । बुधवार प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालले पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ अध्यादेश जारी गर्न सिफारिस गरेको बताए । 
    ‘२९ वटा ऐन संशोधनका लागि सिफारिस भएकामा ती सबै जारी भएका छन्’ मुख्यसचिव अर्यालले जानकारी दिए ।   उनले अध्यादेश जारी गर्नुपर्ने कारणमा सुशासन कायम गर्न, सरकारी कामकाजको ढिलासुस्ती अन्त्य गर्न, आर्थिक क्षेत्रलाई चलायमान बनाउन, विकास निर्माणको गतिलाई तीव्रता दिन रहेको बताए ।  साथै उनले सरकारी लगानीको प्रतिफल वृद्धि, स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न, सुकुम्वासी र अव्यवस्थित बसोबासको समाधान गर्न अध्यादेश सहयोगी बन्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij