Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

ट्रु–मीद्वारा ट्रु–मीका उत्पादनहरूको प्रयोग र व्यवसाय विस्तारका विषयमा नेपालगञ्जमा भव्य कार्यक्रमको आयोजना

ट्रु–मीद्वारा ट्रु–मीका उत्पादनहरूको प्रयोग र व्यवसाय विस्तारका विषयमा नेपालगञ्जमा भव्य कार्यक्रमको आयोजना

  • बाँके । अमेरिकी प्रविधिबाट सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनी ट्रु–मीएसएले नेपालगञ्जमा भव्य कार्यक्रमको आयोजना गरेको छ । ट्रु–डर्मा एसए प्रालिले व्यवसाय विस्तार तथा  ट्रु–मीका उत्पादनहरू प्रयोग गर्ने तरिका सिकाउन ‘ट्रु–डर्मा ट्रु–मी प्रो एन्ड ट्रु स्किन’ शीर्षकमा तालिम तथा गोष्ठीको आयोजना गरेको हो ।

    उक्त कार्यक्रममा कम्पनीका निर्देशक विजय सिंघलले  अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्रीहरू गुणस्तरीय भएकै कारण छोटो समयमा नेपालमा लोकप्रिय र उपभोक्ताले रुचाएको बताए । उनले भारतमा समेत ट्र –मीका उत्पादनहरू बिक्री वितरण गर्न थालिएको समेत बताए । नेपाल गञ्जमा आयोजित कार्यक्रममा सयौँको संख्यामा ब्युटिसियन र कस्मेटिक व्यवसायीहरूको उपस्थिति थियो । 

    बजारमा उपलव्ध ट्रु–मीका सामग्रीहरुमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिंक, हेयर ब्लिज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्सलगायत उपलब्ध रहेका छन्। 

    त्यसैगरी गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), ओबाटोन पपया कलेक्सन (फेस स्क्रब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजिङ मिल्क), स्किन ह्वाईटनिङ प्रोड्क्ट (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क) र रोज फेस टोनरलगायत कस्मेटिक उत्पादनहरु उपलब्ध रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij