Logo

Jan 16 2025 | २०८१, माघ ३गते

Jan 16 2025 | २०८१, माघ ३गते

images

अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति

अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति

  • चितवन । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी भएको स्पष्ट गर्नुुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले सदन सञ्चालन नभएका बेला अत्यावश्यक ऐनकानुन  अध्यादेशमार्फत जारी हुनु न्यायसङ्गत भएको तर्क गर्नुभयो । 

    उहाँले भन्नुभयो, “अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको हो । व्यवसायीका निराशालाई आशामा बदल्न अध्यादेश आवश्यक थियो ।” ऐन कानुनले केही विषय बाँधिएकाले संशोधनस्वरुप अध्यादेश ल्याइएको उहाँको भनाइ थियो । 

    फरक प्रसङ्गमा उहाँले वर्तमान सत्ता समीकरण कसैले चाहँदैमा परिवर्तन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “कांग्रेस र एमालेबीचमा भएको समझदारी अनुसार नै सरकारले काम गरिरहेको छ ।”  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij