Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

नेपाल धितोपत्र बोर्डद्वारा क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सलाईलाई आईपीओ निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डद्वारा क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सलाईलाई आईपीओ निष्काशन अनुमति

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । सेबोनले बिहीबार क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।क्रेष्ट माइक्रोलाइफले गत भदौमा आवेदन दिएको थियो। सेबोनबाट अनुमति पाएसँगै कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ।इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ।

    ओम मेघाश्री फर्मास्युटिकल्सले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्काशनका लागि गत बैशाखमा आवेदन दिएको थियो। ओम मेगाश्री उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी हो। गत फागुनमा करिब सवा अर्ब रुपैयाँ लगानीमा स्थापना भएको कम्पनीले औषधि उत्पादन गर्दै आएको छ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। फर्मास्युटिकल्सको उत्पादन कारखाना चितवनको जुगेडीमा छ।नयाँ अध्यक्ष नियुक्त भएपछि सेबोनले यसअघि नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij