Logo

Jun 11 2025 | २०८२, जेठ २८गते

Jun 11 2025 | २०८२, जेठ २८गते

images

मध्य चमेलियाको विद्युत उत्पादन अनुमतिपत्र अन्तिम चरणमा

मध्य चमेलियाको विद्युत उत्पादन अनुमतिपत्र अन्तिम चरणमा

  • काठमाडौँ । लाइसेन्स जारी गर्ने निकायद्वारा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युतको कन्ट्रक्सन लाइसेन्स प्रक्रिया अगाडि बढाइएको छ ।  विद्युत विकास विभागले बिहीबार सूचना जारी गर्दै प्रक्रिया अगाडि बढाइएको जनाएको हो।अनुमानित ६ अर्ब २३ करोड रुपैयाँ लागत  आकलन गरिएको उक्त आयोजना दार्चुला पावर कम्पनीले निर्माण गर्न लागेको छ। कम्पनीले आयोजनाको निर्माण अनुमतिका लागि दरखास्त पेश गरेपछि विभागले थप प्रक्रिया अगाडि बढाएको हो।

    विभागले आयोजनाबाट प्रतिकूल असर पर्नेहरुलाई ३५ दिनभित्र कम्पनी वा विभागमा लिखित रुपमा राय सुझाव दिन सक्ने समय सार्वजनिक गरेको छ ।  आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र विद्युत विकास विभाग वा उक्त कम्पनीको कार्यालयमा आफ्नो लिखित राय प्रतिक्रिया बुझाउन सकिने विभागले जनाएको छ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरिसकेको छ भने अद्यावधिक सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको छ।नदीको दायाँ किनारमा बाँधसँग रहेको पानीको प्रवेशमार्गले ६७ मिटर लम्बाइ भएको एप्रोच नहर हुँदै पानी थिगार्ने पोखरीमा पानी प्रवाह गर्नेछ। उक्त पानीलाई ७ हजार ८० मिटर हेडरेस पाइप, ५८० मिटरको सुरुङ, ६४.५ मिटर उचाइको ट्यांक, १४५ मिटर लामो पेनस्टक पाइप तथा ३० मिटर लामो ब्रान्च पाइपमार्फत मार्मा गाँउपालिका–६ शेरीस्थित चमेलिया नदीको दायाँ किनारमा रहने अर्ध सतही विद्युत गृहमा लगिने जनाइएको छ।

    आयोजनाबाट उत्पादित विद्युतलाई ८.५ किमि लामो १३२ केभी सिंगल सर्किट प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिने छ। यो आयोजना २०२९ को जुन १० सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij