काठमाडौं। रोजगारीका लागि अवसर खोज्दै विदेश जान ६ महिनामा ३ लाख ९३ हजार जनाले श्रम स्वीकृति लिएका छन्।
विभागका अनुसार पुसमा ६७ हजार जनाले श्रम स्वीकृति लिएका थिए। तीमध्ये ६० हजार पुरुष र ७ हजार महिला छन्।
विदेश जानेमा ५६ लाख ८१ हजार ६ सय २७ पुरुष र ४ लाख १६ हजार ४ सय ५३ महिला छन् । सन् २०१४ जनवरी १ देखि २०२४ को जुलाई १६ सम्म वैधानिक रूपमा श्रम स्वीकृति लिई गएकाहरुको तथ्यांकका आधारमा विभागले उक्त जानकारी दिएको हो।
विभागका अनुसार सबैभन्दा बढी कतारमा १६ लाख ६ हजार ५ सय २१ जना नेपाली पुगेका छन् । सबैभन्दा कम सुरिनाममा एक जनामात्र पुगेको देखिन्छ । २०७८ को जनगणनाअनुसार २२ लाख नेपाली देशबाहिर छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij