Logo

Jan 19 2025 | २०८१, माघ ६गते

Jan 19 2025 | २०८१, माघ ६गते

images

खोरियागाउँ खानेपानी आयोजनाको उद्घाटन

खोरियागाउँ खानेपानी आयोजनाको उद्घाटन

  • भक्तपुर । भक्तपुरको खोरियागाँउ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रम माघ ६ गते सम्पन्न भएको छ ।संविधानले खानेपानी तथा सरसफाईमा पहुँचको हकलाई मौलिक हकको रूपमा अभिलेखित गरेको तथा नेपालको संविधानको कार्य विस्तृतीकरण प्रतिवेदनले तीनै तहको एकल तथा साझा अधिकारको रूपमा खानेपानी तथा सरसफाई सेवा रहने व्यवस्था रहेको उद्देश्य पूरा गर्न यो खोरियागाउा खानेपानी आयोजनाको उद्घाटनले एक पाइलो थपेको हो ।

    khoriya.jpeg

    सबै नागरिकलाई खानेपानी तथा सरसफाई सुविधाको सुनिश्चितता प्रदान गर्नु यस क्षेत्रको प्रमुख दायित्व भएको कार्यक्रममा सहभागी विभिन्न उच्चपदस्थ अधिकारीहरूले बताएका हुन् ।नेपाल पक्ष राष्ट्र रहेको दिगो विकास लक्ष्य २०३० को दिगो विकास लक्ष्य नं. ६ ले सबैका लागि सरसफाई तथा स्वच्छ खानेपानीको उपलब्धता र दिगो व्यवस्थापनको प्रत्याभूति गर्ने उद्देश्य लिएको छ । सोही उद्देश्य बमोजिम सबै नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराउने लक्ष्य रहेको र त्यसलाई पूरा गर्ने जिम्मेवारी समग्र जनप्रतिनिधिहरूको रहेको कार्यक्रममा सहभागीहरूले बताए ।

    khoriya 5.jpeg

    खानेपानी तथा सरसफाई ऐन, २०७९ ले खानेपानी सेवा, सरसफाई सेवा तथा आयोजनाको अनुमति प्रदान, निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा तीनै तह नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको जिम्मेवारी र दायित्व तोकेको छ ।प्रदेश सरकार खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको नीति अनुसार सबै नागरिकलाई स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्याउने गरी सेवा विस्तार यरी स्थानीय तहको समन्वय तथा सहकार्यमा एक घर एक धारा अभियानलाई निरन्तरता दिइएको छ ।

    2.jpg

    खानेपानी योजनाको उपभोक्ता समितिहरूलाई जिम्मेवार बनाउँदै खानेपानी योजनाहरूको नियमित मर्मत सम्भार, दिगो व्यवस्थापनको लागि आवश्यक सहयोग कार्यालयले गरी रहने छ ।खोरिया खानेपानी योजना सानो देखिए पनि यो निकै रणनीतिक महत्व बोकेको योजना हो। यो योजना बन्नु पूर्व यहाँको दिदी बहिनीहरूको प्रत्येक बिहान पानी बोक्नमै बित्ने गरेको थियो । अब यो परिस्थितिको अन्त्य भएको छ ।

    pani 1.jpg

    खानेपानी योजनाहरूको मर्मत सम्भार र व्यवस्थापनको लागि उपभोक्ता समिति प्रमुख रूपमा जिम्मेवार हुन्छ । खानेपानी तथा सरसफाई आयोजनाको दिगो व्यवस्थापन गर्दै प्राकृतिक विपत्बाट हुने क्षति तत्काल सम्बोधन गर्न स्थानीय तहको समन्वय तथा सहकार्यमा यस योजनाको बीमा गर्न समेत उपभोक्ता समितिलाई अनुरोध गरिएको छ ।एक घर एक धारा नीतिको सफल कार्यान्वयनले आयोजना प्रति उपभोक्ताहरूको अपनत्व अभिवृर्धि भई आयोजनाहरू दिगो रूपले पूर्ण रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    3.jpg


    चांगु नारायण नगरपालिका वडा न ४मा रहेको उक्त खानेपानी आयोजनाको प्रमुख अतिथि मन्त्री बागमती प्रदेश खानेपानी उर्जा तथा सिचाई मन्त्री श्याम बहादुर खड्काले धारा खोलेर उद्घाटन गरेका थिए । खानेपानी उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभापतित्वमा सपन्न भएको उद्घाटन समारोहमा विशेष अतिथी माननीय सुरेश  श्रेष्ठ, पूर्वमन्त्री बागमती प्रदेशका कृष्ण भडेल, चांगुनारायण नगरपालिका प्रमुख जीवन खत्री, डिभिजन प्रमुख लोकबहादुर चौलागाईँ , चानपा वडाप्रमुख रोजबहादुर तामाङलगायतको उपस्थिति थियो । समापन सम्बोधन गर्दै अध्यक्ष ज्ञानेन्द्र तामाङले  यो खानेपानी परियोजनाबाट डोकामा पानी बोक्ने र सिरानीमा स्विच राखेर सुत्ने अवस्थाको अन्त्य भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij