Logo

Mar 15 2025 | २०८१, चैत २गते

Mar 15 2025 | २०८१, चैत २गते

images

मातृभूमि महिला समाजका अनाथ बालबालिकाहरूका लागि न्यानो लुगा सहयोग

मातृभूमि महिला समाजका अनाथ बालबालिकाहरूका लागि न्यानो लुगा सहयोग

  • काठमाडौँ । अनाथ बालबालिकाहरूका लागि न्यानो लुगा र ज्याकेट सहयोग वितरण गरिएको छ । सामाखुसीस्थित मातृभूमि महिला समाजका बालबालिकाहरूलाई ती न्यानो लुगाहरू एक कार्यक्रमको आयोजना गरी दिइएको हो ।

    m2.jpg

    साहित्यकार अशोक शोकी र निर्यात परिषद्का महासचिव तथा क्रिएटिभ नेपाल एक्सपोर्टका सञ्चालक हरि ढकालले संयुक्तरूपमा ती अनाथ बालबालिकाहरूका लागि लुगा उपलब्ध गराएका हुन् । अनाथ बालबालिकाहरूलाई आश्रय दिने समाजकी सञ्चालिका इन्दिरा थापा र शकुन्तला कट्टेलले सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरेका थिए ।

    m4.jpg

    कार्यक्रममा समाजकी सञ्चालिकाहरूले बालबालिकाहरूको हेरचाह र शिक्षा दिक्षामा ध्यान दिने गरिएको बताएकी थिइन् । ४ जना बालक र १० बालिकाहरूको हेरचाह र शिक्षा दिक्षामा समाजले ध्यान दिइरहेको थापाले बताइन् । २०६५ सालदेखि स्थापना भएको सो संस्थाले सेवा दिँदै आएको छ ।

    m5.jpg

    पूर्णप्रसाद दाहाल र ईश्वार गुरुङलगायतका उपस्थितिमा सम्पन्न  सोही कार्यक्रममा समाजको तर्फबाट सहयोगी अशोक शोकी र हरि ढकालका साथै पत्रकार रत्नमणि दाहाल र शताब्दी साहित्य प्रतिष्ठान की अध्यक्ष तथा आख्यानकार अञ्जना पौडेललाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij