Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिन नाट्टाको टोली स्पेन प्रस्थान

अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिन नाट्टाको टोली स्पेन प्रस्थान

  • काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को टोली स्पेन प्रस्थान गरेको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा स्पेनको म्याड्रिडमा जनवरी २२ देखि २६ सम्म हुन लागेको अन्तर्राष्ट्रिय ट्राभल ट्रेड फेयर (फितुर)मा भाग लिन नाट्टाका अध्यक्ष कुमारमणि थपलिया नेतृत्वको उक्त टोली आज बिहान स्पेन प्रस्थान गरेको हो । उक्त मेलामा नेपालका २५ भन्दा बढी ट्राभल, ट्रेकिङ र होटल व्यवसायबाट ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने नाट्टाका सहकोषाध्यक्ष एवं कार्यक्रमका संयोजक ढकनाथ काफ्लेले जानकारी दिनुभयो ।

    नाट्टाका अध्यक्ष थपलियाले नेपालको पर्यटन क्षेत्रलाई विश्वभर चिनाउनका लागि यस्ता मेलामार्फत सहयोग पुग्ने बताउनुभयो । नेपालमा पर्यटन क्षेत्रको दिगो विकासका लागि यस्ता कार्यक्रममा निरन्तर सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो । स्पेनमा हुन लागेको उक्त अन्तर्राष्ट्रिय मेलामा विश्वभरका एक लाखभन्दा बढी पर्यटकीय उद्योग, व्यवसायी, प्रतिनिधि र व्यवसाय साझेदारहरुको उपस्थिति रहने नाट्टाले जनाएको छ । नेपालका आकर्षक गन्तव्य तथा पर्यटकीय स्रोतलाई विश्वव्यापी बनाउँदै आर्थिक गतिविधिलाई बलियो बनाउन यस्ता मेला महत्वपूर्ण भएको अध्यक्ष थपलियाले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij