Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

१५ बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकको कारवाहीमा

१५ बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकको कारवाहीमा

  •  

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १५ वटा बैंक–वित्तीय संस्थालाई कारवाही गरेको छ । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले नियामकीय निर्देशन पालना नगरेको पाइएपछि ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको छ । 

    राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जा सदुपयोग नभएको भन्दै १५ संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको जनाएको छ । 

    राष्ट्र बैंकको सुपरिवेक्षण विभागका अनुसार लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको छ ।

    राष्ट्र बैंकका अनुसार पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले यी बैंकहरुले प्रवाह गरेको कर्जामा कैफियत देखाएको थियो । 

    ती संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धित संस्थाले आन्तरिक लेखा परीक्षणकबाट तयार गरी राष्ट्र बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएको पाइएको थियो । 

    सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड ९क० बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij