Logo

Mar 14 2025 | २०८१, चैत १गते

Mar 14 2025 | २०८१, चैत १गते

images

होटल व्यवसायमा बेस्ट वेस्टर्न प्लस काठमाडौंको उद्घाटन

होटल व्यवसायमा बेस्ट वेस्टर्न प्लस काठमाडौंको उद्घाटन

  • काठमाडौँ । होटल व्यवसायमा बेस्ट वेस्टर्न प्लस काठमाडौंको उद्घाटन सम्पन्न भएको छ । संस्कृति पर्यटन  तथा  नागरिक उड्डयन  मन्त्री बद्री पाण्डेले होटलको उ्दघाटन गरेका हुन् ।  आतिथ्यताको नयाँ युगको शुरुवातको लागि केएमसी ग्रुपका संस्थापकहरूकै प्रारम्भिक लगानीमा विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी बेस्ट वेस्टर्न प्लस काठमाडौँ सञ्चालनमा ल्याएको हो ।यससंगै नेपालको शिक्षा क्षेत्रमा अग्रणी स्थानमा रहेको केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।चारतारे स्तरको चेन होटलले विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड बेस्ट वेस्टर्न प्लसलाई पहिलो पटक नेपालमा प्रस्तुत गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ५०० मिटरको दुरीमा र पशुपतिनाथ मन्दिरको पैदल दुरीमा पिड्लास्थानमा अवस्थित यस भव्य होटलले पर्यटन व्यवसायका क्षेत्रमा नयाँ आयाम सिर्जना गर्ने विश्वास लिइएको छ।

    best hotel 1.jpeg

    बेस्ट वेस्टर्न प्लस काठमाडौंले नेपाली सांस्कृतिक समृद्धिलाई विश्वस्तरीय विलासितासँग संयोजन गर्दै नवीन अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। पाहनाहरुलाई मौलिक तथा न्यानो आतिथ्य मार्फत प्रत्येक अनुभवहरु प्रदान गर्ने लक्ष्य लिइएको छ । यो प्राइम लोकेशनमा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिर नजिकै अवस्थित यस होटलबाट काठमाडौंका प्रमुख पर्यटकीय स्थानहरु, सांस्कृतिक धरोहरहरू र व्यावसायिक केन्द्रहरू सम्म सजिलै पुग्न सकिनेछ ।  डाइनिङ्ग एक्सलेन्स पाहनाहरूले दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बारबाट काठमाडौं शहरको मनोरम दृश्यसहित स्वादिष्ट भोजनको अनुभव लिन सक्नेछन्।  मिटिड्स र इभेन्ट्सः होटलका २ प्रोग्राम हलहरूले १२५० जना सम्मलाई समेट्न सक्छन् । जसमा सम्मेलन, व्यावसायिक कार्यक्रमहरू, र सामाजिक भेलाहरू भव्य रुपमा गर्न सकिन्छ। होटलले कर्पोरेट बैठकहरूका लागि अत्याधुनिक सुविधाहरू प्रदान गर्दछ, स्मार्ट एलईडी स्क्रिनहरू र उच्च गुणस्तरको ध्वनि प्रणालीहरूले सुसज्जित समर्पित हलहरू व्यावसायिक अनुभव सुनिश्चित गर्न सक्षम रहेको जनाइएको छ।  फिटनेस र वेलनेसः पूर्ण रूपमा सुसज्जित फिटनेस सेन्टर, शान्त स्पा र ताजा अनुभूतिको लागि बाहिरी स्विमिङ पुलले पाहुनाहरूलाई आराम र पुनर्ताजगीकरणको अवसर दिने जनाइएको छ ।

    ७ रोपनी क्षेत्रफलमा अवस्थित यस होटलमा ८४ रुमहरु रहेका छन्, जसमा  ४ सुइट रुम, ७ प्रिमियम रुम,  १२ सुपर डिलक्स रुम, ६१ डिलक्स रुम रहेका छन् । यसका साथै यस होटेलमा पाहुनाहरूले निम्न सेवा सुविधाहरूको अनुभव गर्न सक्ने जनाइएको छ । दुई रेस्टुरेन्टहरूः १ सय ४० पाहुना सेवा क्षमताको सनराइज क्याफे र १ सय ४० क्षमताको ला–भिस्टा रुफटप रेष्टुरेन्ट रहेका छन् ।
    पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनामा १.५ अर्ब नेपाली रुपैयाँ लगानी भएको छ। चाँडै आईपीओमा जाने योजना सहित यो होटलले नेपालको पर्यटकीय सेवाको क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास राखेको छ। यस होटेलले सेवा प्रदानमा  लक्ष्य रहेको छ .वैदेशिक मुद्रा आर्जन गरि राष्ट्रलाइ टेवा पुर्याउने सेवा भावनाले स्थापित बेस्ट वेस्टर्न प्लस काठमाडौंले विभिन्न उद्देश्यहरू राखेको जनाएको छ।   नेपालको मौलिक परम्परा, मूल्यहरू र न्यानो आतिथ्यतालाई पर्वर्धन र प्रदर्शन गर्दै नेपालको अन्तरास्ट्रिय स्तरमा प्रतिष्ठा बढाउने,  अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्दै र विदेशी मुद्रा संचिति वृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने,  स्थानीय धरोहर, कला, भोजन र संस्कृतिलाई प्रवर्धन गर्दै नेपाली सम्पदा, धरोहर र परम्पराको प्रचार प्रसार गर्ने, वातावरणमैत्री अभ्यासहरु अपनाउँदै दीगो पर्यटन प्रवर्दधन गर्ने, नवीन र उच्चतम सेवाको मापदण्ड कायम राख्दै आतिथ्य सेवामा उत्कृष्टता प्रदान गर्ने होटलका अध्यक्ष रामेश्व अर्यालले जनाएका छन् ।

    बेस्ट वेस्टर्न होटल्स एण्ड रिसोट्र्स एक विश्वव्यापी होटल सञ्जाल हो, जसले उत्कृष्ट सेवाका साथ समृद्ध विरासत बोकेको छ। बेस्ट वेस्टर्नको १९ किसिमका ब्रान्डहरूले १०० भन्दा बढी देशहरूमा ४,८०० भन्दा बढी होटल तथा रिसोर्टहरुले हरेक अतिथिको आवश्यकता अनुरूपको विविध आतिथ्य आवास सेवा तथा सुविधा प्रदान गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij