काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.३९ प्रतिशतले बढेर १ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
पुससम्म खुद ब्याज आम्दानी २ करोड ९३ लाखबाट बढेर ५ करोड १६ लाख पुगेको छ । प्रोभिजन घटेको छ । जसकारणले नाफामा वृद्धि देखिएको हो ।
सञ्चालन नाफा २२४।७५ प्रतिशतले बढेर २ करोड ३३ लाख रुपैयाँमा पुगेको छ । चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको सपोर्टको जगेडा कोषमा ५ करोड ४५ लाख जम्मा छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३२ पैसा छ । एनपीएल १.७४ प्रतिशत छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij