Logo

Mar 12 2025 | २०८१, फागुन २८गते

Mar 12 2025 | २०८१, फागुन २८गते

images

सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  एकजना पक्राउ

सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  एकजना पक्राउ

  • काठमाडौं  । प्रहरीले सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका–९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगर छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट उनलाई  पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

    अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २४ ग्राम ९ सय ९० मिलिग्राम सुन उनीबाट बरामद भएको प्रहरीको भनाइ छ । बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको प्रहरीले जनाएको छ ।आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij