
काठमाडौं । कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । उक्त सेयरको लाभांश ९ प्रतिशत निर्धारण गरेको छ ।
उक्त सेयर निष्कासन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त निष्कासन सम्बन्धि सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij