Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

काठमाडौंमा सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध, उल्लंघनमा १५ हजारसम्मको जरिवाना

काठमाडौंमा सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध, उल्लंघनमा १५ हजारसम्मको जरिवाना

  • काठमाडौं ।काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ । महानगरले आज एक सार्वजनिक सूचना जारी गर्दै घर, कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य भइरहेको यस्तो कार्यमा रोक लगाएको हो ।

    यस्ता कार्यहरु कहीकतै कसैले गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा यो सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij