Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

हिमालयन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा: १४% बोनस सेयर र महत्वपूर्ण निर्णयहरूको प्रस्तुति

हिमालयन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा: १४% बोनस सेयर र महत्वपूर्ण निर्णयहरूको प्रस्तुति

  • काठमाडौं।  हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले फागुन ११ गते गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 


    यता, कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने कम्पनीले जनाएको छ । प्रचलित कानुनी व्यवस्थाबमोजिम बोनस सेयरमा लाग्ने करबापतको रकम स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । 

    आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij