काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको हकप्रद सेयरको निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
आइतबार आयोजित एक समारोहमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij