Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

ग्रामीण विकास लघुवित्तको खुद नाफा ८.६० प्रतिशतले बढ्यो

ग्रामीण विकास लघुवित्तको खुद नाफा ८.६० प्रतिशतले बढ्यो

  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले १८ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ८.६० प्रतिशतले धेरै हो ।

    यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफामा सुधार आएको हो । संस्थाले १ करोड १ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । गत वर्ष उक्त चार्ज २१ करोड ७३ लाखले रिभर्स भएको थियो । खुद ब्याज आम्दानी २२.४१ प्रतिशतले बढेर ५९ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

    यसको सञ्चालन नाफा भने १९।१० प्रतिशतले घटेको छ । चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको यस संस्थाको जगेडा कोषमा २ अर्ब १ करोड रुपैयाँ छ । यता कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij