Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

एभरेष्ट बैंकले पायो ३ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

एभरेष्ट बैंकले पायो ३ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।

    बैंकले ‘एभरेष्ट बैंक डिबेन्चर–२०९१’ जारी गर्ने अनुमति पाएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।
    कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासन गर्नेछ।

    एभरेष्ट बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५० प्रतिशत ब्याज पाउनेछन्।

    बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij