काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १४ करोड ८७ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५ः०६ बजेसम्म ४६ हजार ५१८ जनाले १४ लाख ८७ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.६१ गुणा बढी आवेदन हो ।
नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले माघ ८ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij