Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

४ बैंक तथा वित्तीय संस्थाले ९० मेगावाटको मर्स्याङदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा साढे १० अर्ब लगानी गर्ने

४ बैंक तथा वित्तीय संस्थाले ९० मेगावाटको मर्स्याङदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा साढे १० अर्ब लगानी गर्ने

  • काठमाडौं  । ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले  साढे १० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुंगो लागको छ । कुमारी बैकको अगुवाईमा लगानी सम्बन्धी सम्झौतामा माघ १८ गते शुक्रबार हस्ताक्षर भएको हो । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा सो आयोजना निर्माण हुनेछ । 

    images

    कुमारी बैक, प्रभु बैक, कृषि बिकास बैक र सिद्धार्थ बैकको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता गरिएको हो  । हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैक तथा वित्तिय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ ।

    निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैकले ४ अर्ब, प्रभु बैकले ३ अर्ब, सिद्धार्थ बैकले २ अर्ब र कृषि बिकास बैकले १ अर्ब ५ करोड लगानी गर्नेछन् ।

    स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पुर्व आवश्यक अध्ययन अगाडी बढाएको कम्पनीका अध्यक्ष अनुप आचार्यले बताए । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलबिद्युत आयोजना २२ मेगवाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij