Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

नयाँ ओमोडा एण्ड जेकुको शोरुम उद्घाटन

नयाँ ओमोडा एण्ड जेकुको शोरुम उद्घाटन

  • काठमाडौँ । एबिटी मोटर्स  प्रालिले काठमाडौँको बसुन्धरामा नयाँ ओमोडा एण्ड जेकुको शोरूम उद्घाटन गरेको छ । नेपालका लागि ओमोडा र जेकु गाडीको आधिकारिक वितरक एबिटी मोटर्स  को नयाँ शोरुमको उद्घाटन  नेपाल विद्युत प्राधिकरणका कार्यकारी  निर्देशक कुलमान घिसिङले गरेका हुन् ।

    शनिबार आयोजित कार्यक्रममा उक्त कार्यक्रममा घिसिङले एबिटी मोटर्स  प्रालिले यो एक्सचेन्ज क्याम्पले सबै ग्राहकहरूलाई उनीहरूको सपनाको कार घरमा चलाउन  अवसर प्रदान गर्ने बताए । विद्युतीय सवारी साधान ग्राहकका लागि फाइदा हुनेहुँदा आकर्षणको केन्द्र बन्दै गएको बताउँदै कार्यकारी  निर्देशक  घिसिङले  यो पेट्रोलियमको तुलनामा झण्डै १० गुणा सस्तो छ त्यसलै लगानीको हिसाबले यो अहिलेको बजारमा आवश्यक  रहेको बताए । 

    omodaa.jpeg

    एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प ओमोडा ई फाइभ लक्जरी र डिलक्स भेरियन्टका नवीनतम मोडलहरू प्रदर्शन गरिने छ । यसैगरी क्याम्पमा नेपालका प्रिमियम अफ–रोड गाडी जेकु र जे सिक्सका आउन लागेका वाहनहरू, आकर्षक एक्सचेन्ज बोनसहरू र नगद छुटहरू सहितको कार्यक्रम तय गरिएको छ । तिनीहरूको हालको गाडीहरू र सबैभन्दा राम्रो ब्याज दरहरूमा ८०% सम्म कर्जा प्राप्त गर्ने  प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ ले बताए ।

    यसबाहेक ग्राहकहरूले व्यापक अटो प्लस बीमा कभरेज प्राप्त गर्नेछन्। अत्याधुनिक चार्जर र हरेक खरिदमा निशुल्क सामानहरू एबिटी मोटर्सले सबै नयाँ गाडी खरिदकर्ताहरूलाई एबिटी मोटर्स बसुन्धरामा रहेको ओमोडा एण्ड जाइको शोरुम भ्रमण गर्नेलाई दिने जनाएको छ । कम्पनीले अटोमोटिभ ब्रान्ड सेवाहरूको उत्कृष्ट दायरामा पहुँच प्रदान गर्दछ। 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij