काठमाडौं । प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij