Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

समाज लघुवित्त वित्तीयको  खुद नाफा ९९.७४ प्रतिशतले घट्यो

समाज लघुवित्त वित्तीयको  खुद नाफा ९९.७४ प्रतिशतले घट्यो

  • काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको भन्दा ९९.७४ प्रतिशतले कम हो ।  गत वर्ष यसले ५१ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    images

     कम्पनीको खुद ब्याज आम्दानी भने ४७.४७ प्रतिशतले घटेर १ करोड ६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले २ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

    एक वर्षको अवधिमा कम्पनीको सञ्चालन घाटा भने कम भएको छ । गत वर्ष २ करोड ३० लाख ३३ हजार रुपैयाँ सञ्चालन घाटा रहेको कम्पनी पुससम्म आइपुग्दा घटेर ९५ लाख ३१ हजार रुपैयाँ भएको छ । 

    समाजको चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ रहेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij