Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

राधाकृष्ण राईस मिलले ल्यायो कृष्णभोग चामल डिलरका लागि सुन देखि टूरसहित उपहार योजना

राधाकृष्ण राईस मिलले ल्यायो कृष्णभोग चामल डिलरका लागि सुन देखि टूरसहित उपहार योजना

  • काठमाडौँ । राधाकृष्ण राईस मिलको उत्पादन कृष्णभोग चामलका डिलरहरुका सुनदेखि  टूरसम्मका उपहार योजना ल्याइएको छ । सुन नै सुनको बहारको नयाँ स्किम २०८२ असार मसान्तसम्मका लागि ल्याइएको हो ।काठमाडौंमा कृष्णभोग डिलर मिट २०२५ का अवसरमा यो स्किम सार्वजनिक गरियो । डिलर मिटमा कम्पनीले देशभरबाट प्रतिनिधित्व गर्ने डिलरहरुलाई सम्मान गरेको छ । वाणिज्य आपूति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल, नबिल बैंकका सिनियर डिसिइओ मनोज ज्ञवाली लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त घोषणा भएको हो ।

    dm1.jpeg

    कार्यक्रममा कम्पनीका तर्फबाट विभोर अग्रवाल, तुसार कुमार अग्रवाल लगायत कम्पनीका अधिकारीहरुले नेपालमा चामल उद्योगको विकासप्रति कम्पनी समर्पित रहेको भन्दै उपभोक्ताले चाहेको गुणस्तर दिइरहने प्रतिबद्धता व्यक्त गरे । नेपालको कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन कम्पनी लागिरहेको सो अवसरमा जानकारी दिइएको थियो ।

    dm3.jpeg

    कम्पनीले जारी गरेको विज्ञप्तिमा ७ स्किम बारे जनाइएको छ । जस अनुसार स्किम १मा १ गाडी कृष्णभोग लाम्चो दाना (लङ्ग ग्रेन)  चामल २१ टन र १ गाडी कृष्णभोग प्रिमियम सोनम चामल २१ टनमा १० ग्राम सुनको सिक्का  रहेको छ ।स्किम २मा  १५० बोरा कृष्णभोग लङ्ग ग्रेन चामल र  १५० बोरा कृष्णभोग प्रिमियम सोनम चामलमा १ ग्राम सुनको सिक्का दिइने जनाइएको छ ।स्किम ३ मा १०० बोरा कृष्णभोग लङ्ग ग्रेन चामल  र १०० बोरा कृष्णभोग प्रिमियम सोनम चामल र  ६८८ बोरा कृष्णभोग जिरा मसिनो चामलमा १ ग्राम सुनको सिक्का दिइने छ ।स्किम ४ मा ५० बोरा कृष्णभोग लङ्ग ग्रेन चामल र  ५० बोरा कृष्णभोग प्रिमियम सोनम चामल  र ३४० बोरा कृष्णभोग जिरा मसिनो चामलमा ५०  ग्राम चाँदीको सिक्का दिइने छ ।

    dm1.jpeg

    यसैगरी स्किम ५मा २०८१साल माघ १८ देखि २०८२ असाढ मसान्त भित्र २० गाडी कृष्णभोग प्रिमियम जिरा मसिनो चामल सोनाम चामलको बिक्री मा रु. २,००,००० नगद वा कपल ट्रिप टु थाईल्याण्ड उपहार दिइने जनाइएको छ ।स्किम ६मा २०८१साल माघ १८ देखि २०८२ असाढ मसान्त भित्र १५ गाडी कृष्णभोग प्रिमियम जिरा मसिनो चामल  र सोनाम चामल को बिक्रीमा रु. १,२५,००० नगद वा १० ग्राम सुनको सिक्का  दिइने छ ।अनि स्किम ७मा २०८१ माघ १८ देखि २०८२ असाढ मसान्त भित्र १० गाडी कृष्णभोग प्रिमियम जिरा मसिनो चामल र  सोनाम चामलको बिक्रीमा रु. ७५,००० नगद वा  ५ ग्राम सुनको सिक्का दिइने जनाइएको छ ।

    dm2.jpeg

    साथै कम्पनीले केही शर्तहरू समेत रहेको जनाएको छ । जस अनुसार प्रिमियम कृष्णभोग जिरा मसिनो २५ के.जी. प्रतिबोरा रु. २०३५ रेट कायम २०८१ फाल्गुण १५ गते सम्म लोड हुने गरी तय गरिएको छ । कृष्णभोग लङ्ग ग्रेन चामल २० के.जी. प्रतिबोरा रु. २८७५ रेट कायम २०८१ फाल्गुण मसान्त सम्म लोड हुने तय गरिएको छ ।कृष्णभोग प्रिमियम सोनम चामल २० के.जी. प्रतिबोरा रु. १९७५ रेट कायम २०८१ फाल्गुण मसान्त सम्म लोड हुने गरी तय गरिएको छ । अनलोडिङ भएको ६० देखी ७५ दिन सम्ममा भुक्तानी गरिसक्नु पर्नेछ अन्यथा माथि उल्लेखित स्किम लागु हुने छैन ।  नगद भुक्तानीको हकमा २ प्रतिशत नगद छुट दिइनेछ र पार्टीले जुन स्किम मा बस्ने हो त्यसको घोषणा अगावै गर्नु पर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij