Logo

Jun 11 2025 | २०८२, जेठ २८गते

Jun 11 2025 | २०८२, जेठ २८गते

images

टेलिकमले फाइभजी सेवा तत्काल सुरु गर्नुपर्ने मन्त्रीको निर्देशन

टेलिकमले फाइभजी सेवा तत्काल सुरु गर्नुपर्ने मन्त्रीको निर्देशन

  • काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिकमले फाइभजी सेवा तत्काल सुरु गर्न निर्देशन दिएका छन्। नेपाल टेलिकमको २१औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।उनले विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा रहेकाले टेलिकमले ठूला शहरमा तत्कालै फाइभजी सेवा सुरु गर्नुपर्ने बताए ।उनले भने ‘विकसित विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा छ। हामीलाई भने फाइभ जी सेवा नेपालमा मुख्य सहरहरुमा सुरु गरिहाल्नुपर्ने आवश्यकता छ। यसमा नेपाल दूरसञ्चार कम्पनीकै महत्वपूर्ण भूमिका हुन्छ,’ 

    ntc.jpg

    उनका अनुसार  प्रविधिको क्षेत्रमा हुने विकासलाई आत्मसात नगरे टेलिकम पछि परिनेछ । संसारमा जति पनि परिवर्तन र नयाँनयाँ प्रविधिको विकास, विस्तार र आविष्कार भइरहेको छ त्यो क्षेत्र पनि सञ्चारकै क्षेत्र हो, सूचना प्रविधिकै क्षेत्र हो। त्यसैअनुसार समयको गति नसमात्ने हो भने नेपाल पछि पर्ने र असान्दर्भिक हुने छ ।

    ntc2.jpeg

    देशलाई डिजिटल युगमा खरो उतार्दै कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा उच्चतम् फड्को मार्नुपर्नेमा उनले जोड दिए।  आम्दानीको स्रोत परिवर्तन भएकाले टेलिकमले डेटा सर्भिसमा आफूलाई अब्बल बनाउनुपर्ने उनले बताए । उनका अनुसार टेलिकम कम्पनीहरुको राजस्व आम्दानी भ्वाइस सर्भिसभन्दा डेटा सर्भिसमा निर्भर हुनुपरेको कुरा कसैबाट छिपेको छैन। दूरसञ्चार कम्पनीले त्यसमा आफूलाई अग्रसर गराइहाल्नुपर्छ । खुला बजार र प्रतिस्पर्धात्मक जमानामा टेलिकमले आफूलाई समयानुकूल बनाउँदै लैजानुपर्छ  । यो  स्मरण गराइरहनुपर्ने विषय होइन।

    ntc3.jpeg

    फोरजी सेवा देशव्यापी बनाउन पनि पर्छ ।  ब्रोडब्यान्ड कनेक्सन वडातहसम्म पु¥याउन पर्छ ।  मर्मत सम्भारको सुविधा चौबिसै घण्टा उपलब्ध गराउन टेलिकम व्यवस्थापन तत्पर हुनुपर्छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij