Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत

नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत

  • काठमाडौं । नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ ।काठमाडौं उपत्यका भित्रिने सवारीसाधन सहजीकरणका लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग  आयोजनाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यो आयोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अधिकारीहरूका अनुसार  सुरुङ ब्रेक थ्रु भई अन्य काम भइरहेका छन् ।

    images

    अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत तीन वटा पुल अन्तर्गत बनिसकेका छन् । अब फ्लाइओभरको काम जारी छ ।यो फ्लाइओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । टनेलभित्र फिनिसिङको काम जारी छ । जसले गर्दा भौतिक प्रगति ८५ प्रतिशत हाराहारी  आयोजना निर्देशक ज्ञानेन्द्रकुमार झाको भनाइ छ ।

    त्यस्तै मेन टनेलको ब्रेक थ्रु १५ अप्रिल २०२४ मा भएको थियो । उद्धार टनेलको ब्रेक थ्रु भने ७ अगस्ट २०२३ मा गरिएको थियो ।यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको थियो । ०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

    नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो ।सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर बनाइएको छ । गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो छ । सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा बढी छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij