Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २३ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २३ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २३ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू।।।

    images

    शेयर बजार बुधबार पनि ओरालोतर्फ , कुल कारोबार ८ अर्ब ९५ करोड बढी, नेप्से परिसूचक २७११.४५ बिन्दुमा

    काठमाडौँ । आज बुधबार पनि शेयर बजार ओरालो लागेको छ । बुधबार ४.४५ बिन्दुले घटेर नेप्से परिसूचक २७११.४५ बिन्दुमा अडिएको छ । नेप्सेले ०.१६ प्रतिशतको गिरावट दर्शाइरहेका  बेला कुल ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३ सय ५ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको हो ।

    प्रभु बैंकको ३१ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं। प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३१ लाख ९१ हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा २३ लाख ७४ हजार १०९ कित्ता संस्थापक सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

    आशा लघुवित्तको २ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौ ।आशा लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ५९ हजार ७२३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकिएको छ ।

    नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६५ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

    क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा ५.५० गुणा बढी आवेदन

    काठमाडौं ।  क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ २३ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार ८२५ जनाले १२ लाख ३८ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५.५० गुणा बढी आवेदन हो ।

    समता घरेलु लघुवित्तको बोनस सेयर मूल्य  नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस संस्थाको बुधबारको अन्तिम कारोबार मूल्य ९२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात सेयर मूल्य ८७६.१९ रुपैयाँ कायम भएको छ ।

    काठमाडौँ–तराईरमधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे आज जानकारी लिनुभएको छ ।

     

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री तथा यातायात देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितामा आयोजनाबारे छलफल भएको हो । 

    सहकारी ठगी प्रकरण लामिछानेलाई आज हिरासतमा राखिने

    चितवन ।साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले आजका लागि हिरासत पठाउने आदेश गरेको छ । 

    थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासत पठाइएको हो । चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णु आचार्यका अनुसार थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । आज बिहान आफँै उपस्थित भएका लामिछानेको बयान सकिए लगत्तै थुनछेक बहस सुरू गरिएको थियो । वादीका तर्फबाट जिल्ला न्यायधिवक्ता रवि न्यौपाने, सहन्यायधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गर्नुभएको थियो । जाहेर वालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएपछि निरन्तर सुनुवाइका लागि लामिछानेलाई जिल्ला प्र

    हरी कार्यालयको जिम्मा लगाइएको हो । बिहीबार १० बजे उपस्थित गराउने गरी जिम्मा लगाइएको छ ।

    चैतको पहिलो साता हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन हुने

    काठमाडौँ । चैतको पहिलो साता हिमवत्खण्ड कला साहित्य संस्कृति सम्मिलनको आयोजना हुन लागेको छ ।राजधानीमा एक पत्रकारको आयोजना गरी हिमवत्खण्ड कला साहित्य संस्कृति सम्मिलन चैत १देखि ३ गते तदनुसार मार्च १४देखि १६तारिखसम्म हुने जनाइएको हो ।टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले गर्यो १८ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी

    काठमाडौँ ।टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले १८ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ  । यो सन् २०२३ को भन्दा १०.११ प्रतिशत धेरै हो ।टक्सारले १०० रुपैयाँका दरले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।

    आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा छ महिनामा चार अर्ब राजस्व सङ्कलन

    वीरगञ्ज ।आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व सङ्कलन गरेको हो । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईले गत आवको तुलनामा चालु आवमा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिनुभयो ।‘‘चालु आवको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फको राजस्व सङ्कलनमा वृद्धि भएको छ,’’ उहाँले भन्नुभयो ।

    बेलायती अधिराजकुमारी सोफियाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो

    भक्तपुर  ।  नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफियाले आज भक्तपुर अस्पतालको अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा अधिराजकुमारी सोफियाले प्रसूति सेवाबारे विस्तुत रूपमा जानकारी लिनुभएको थियो । उहाँले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था, उपचार विधिलगायत विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो । प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उहाँले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । यौन दुव्र्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उहाँले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गर्नुभएको थियो ।

    पाथीभरा केबलकार विवादमा आन्दोलन फिर्ता लिएर अर्को गहन वार्ता गर्ने सहमति

    काठमाडौँ । अर्को वार्ता गर्ने गरी ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मंगलबार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो ।

    यात्रु आफैले बटन थिचेर बाटो काट्न पाउने ट्रफिक लाइट जडान गर्दै काठमाडौँ महानगरपालिका

    काठमाडौँ । यात्रुले आफै बटन थिचेर बाटो काट्न पाउने ट्रफिक लाइट काठमाडौँमा जडान गर्न थालिएको छ ।काठमाडौँ महानगरपालिकाले यस्तो ट्रफिक लाइट ल्याएर जडान गर्न थालेको हो ।काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको जनाएको हो ।

    सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले वृद्धि , प्रतितोला १ लाख ६६ हजार ९०० रुपैयाँ कायम

    काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८५६ र चाँदी प्रतिऔंस ३२ डलरमा कारोबार भइरहेको छ ।

    सहकारी ठगी प्रकरण : रविसहित १५ जनाविरूद्ध ठगी र सङ्गठित अपराध मुद्दा दर्ता

    चितवन ।साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको छ । व्यक्तिबाहेक  छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

    अमेरिकी डलरको भाउ घट्यो, अन्यको विनिमय दर कति ?

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो । 

     
     
     
     
     
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij