
काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ५४.८७ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ४५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १ अर्ब ५३ करोडबाट बढेर १ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको वित्तीय खर्च ६४ करोड ७६ लाखबाट घटेर ४४ करोड ६ लाख कायम भएको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नाफामा सुधार देखिएको हो । ३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ९७ करोड जम्मा रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij