Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए)को १४औँ स्थापना दिवस  सम्पन्न

नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए)को १४औँ स्थापना दिवस  सम्पन्न

  • काठमाडौँ । नेपाल भ्यालुयर्स एसोसिएसन  वा  नेपाल मूल्याङ्कन संघ (एनभीए)को १४ औँ स्थापना दिवस र अन्तरक्रिया कार्यक्रम सम्पन्न  गरिएको छ । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष डा. पदमबहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त  कार्यक्रमको अध्यक्षता इन्जिनियर सञ्जयकुमार महतोले गरेका थिए ।

    images

    कार्यक्रमको सञ्चालन एसोसिएसनका सचिव ई रबिन्द्र अधिकारीले गरेका थिए । राजधानीको ठमेलस्थित होटल यात्रीमा आयोजित उक्त कार्यक्रममा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष ई. मुक्ति पाण्डेले संगठनको जानकारी दिएका थिए । कार्यक्रममा विभिन्न व्यक्तले आआफ्ना धारणा सार्वजनिक गरेका थिए ।प्रतिवेदकले  वित्तीय  प्रवाह गर्ने कार्जाको लागी आवश्यक पर्ने धितोको मुल्यांकन गही उचित राय वित्तीय संस्थालाई दिनुपर्ने सहभागीहरूले जनाएका थिए ।

    nva1.jpeg

    एनभीए नेपालको व्यावसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन हो। संस्था दर्ता ऐन २०३४ अन्तर्गत विसं २०६८ (२०१२ ईस्वी) मा स्थापना भएको हो । नेपालको। नेपालमा मूल्याङ्कन पेशालाई सुदृढ र प्रवर्द्धन गर्ने उद्देश्यले मूल्याङ्कनकर्ताहरूको समूहले स्थापना गरेको यो देशको पहिलो र एकमात्र स्वैच्छिक मूल्याङ्कन संस्था हो। यसले देशमा मूल्याङ्कन पेशासँग सम्बन्धित सबै समस्याहरूलाई सम्बोधन गर्न सहजकर्ताको भूमिका पनि खेल्छ।

    c.jpg

    एनभीए मा लगभग ९००  संस्थागत सदस्यहरू छन्, जो भूमि, भवन, बिरुवा र मेसिनरी जस्ता मूल्याङ्कनका विभिन्न क्षेत्रहरूमा संलग्न इन्जिनियरहरू छन्। एनभीए अन्तर्राष्ट्रिय मूल्याङ्कन मानक परिषद् , मूल्याङ्कन अभ्यास र मूल्याङ्कन पेशाको लागि विश्वव्यापी मानक सेटरको गर्व सदस्य पनि हो। I

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij