![](https://nayasadak.com/assets/image/logo.png)
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको प्राथमिक साधारण सेयर ९आइपीओ० नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको कुल ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीका कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, म्युचुअल फण्ड, सर्व साधारण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
कम्पनीले सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बाँडफाँट गरेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij