Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

रिलायबल नेपाल लाइफ इन्सुरेन्सले ५१.७० प्रतिशतले बढ्यो

रिलायबल नेपाल लाइफ इन्सुरेन्सले ५१.७० प्रतिशतले बढ्यो

  • काठमाडौं  ।  रिलायबल नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५१.७० प्रतिशतले धेरै हो । गत वर्ष यसले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

    यसअवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ८.२७ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष लगानी तथा कर्जाबाट ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेकोमा अहिले बढेर ६९ करोड १९ लाख रुपैयाँ पुगेको हो । 

    खुद बिमा शुल्क आर्जन २६.५९ प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।  हाल यसको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ४७ लाख रुपैयाँ रहेको छ ।  

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij