Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

सानिमा क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गर्ने

सानिमा क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गर्ने

  •  

    काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने  ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई बिक्री गर्न लागेको हो । उक्त योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । 

    क्यापिटलले कुल योजनाको आकारमध्ये १४ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक सानिमा  बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी सानिमा क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।


    यसमा न्यूनतम १०० इकईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।  यसमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij